२५ वटा कविताका अंश सहित कवि सुदिप
तिमी जाँदै छौ
पैतालामा मेरो जिन्दगी कुल्चिएर
म तिनै डोबहरुमा
हराउदैछु लुक्दैछु
ती तमान यात्राहरुबाट छुट्टि लिदै
उकुसमुकुस
रङ्गिन सपनालाई अलविदा गर्दै
त्यो उदासिलो यथार्थमा फर्किदैछु
जहाँ तिमी नफर्किने गरि
डोबमा मलाई छोडि जादैछौ
खै कसरी सक्छ यार
जिन्दगीले जिन्दगीलाई छोड्न...