2026-09-19 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

‘इच्छाकामना’ म्युजिक भिडियामा

माघ ११, मुग्लिन | चितवनको इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ स्वयंले रचना गर्नुभएको गीत ‘इच्छाकामना’ लाई म्युजिक भिडियो बनाइएको हो  ।  गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको उहाँले बताउनुभयो ।    

भिडियोमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक बनावटबारे उल्लेख गरिएको छ । गीतले इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरिएको छ । गीतको भिडियोले पनि गाउँपालिकाको सिराइचुली, चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी जलवीरे लामो झरना, इच्छाकामना मन्दिर, तामिन, दाहाखानी, काउले साठीमुरे, मुग्लिन बजार, कुरिनटार, मनकामना केबुलकार, त्रिशूली, फिस्लिङलगायतका विभिन्न पर्यटकीयस्थलको दृश्य देखाइएको छ ।

उक्त भिडियोमा गायक तथा सङ्गीतकार चेतन सापकोटाको स्वर तथा सङ्गीत सुन्न सकिन्छ । उहाँले नै निर्देशन गर्नुभएको भिडियोको छायाङ्कन भने विनोद श्रेष्ठ, राज पोखरेल र अनिल कटुवालले गरेका हुन् । साथीभाइ फिल्म्स् प्रालिले निर्माण गरेको भिडियोको सम्पादन भने प्रतिक ढुङ्गेलले गर्नुभएको छ ।

भिडियोमा गायक तथा सङ्गीतकार सापकोटाले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ भने गाउँपालिका अध्यक्ष एवं गीतका सर्जक  गुरुङसहित स्थानीय कलाकारलाई देख्न सकिन्छ । गीतको भिडिया र अडियो सोमबार गाउँसभाको अवसर पारेर ‘वी स्टार’ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना पर्यटकीय सम्भावना बोकेको  पालिका हो । प्रचारप्रसारको अभाव र भौगोलिक विकटताका कारण  पर्यक भित्र्याउन नसकेको यस गाउँपालिकामा पछिल्लो केही वर्षयता पर्यटकीयस्थलमा सडक पुगेसगैँ पर्यटकको आवागमनमा केही वृद्धि हुदैँ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो