१३ औं सागको भव्य उद्घाटन (१० तश्वीरहरु)
<p><b>मङ्सिर १५, काठमाडौँ ( रासस) | </b>राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच उद्घाटन गर्नुभएको छ ।</p><p>सहभागी मुलुकका खेलाडीको...