खुट्टाले चलाएर हात धुन मिल्ने उपकरण वितरण
<p><b>असार १८, बागलुङ । </b>कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । <br></p><p>नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला...