2026-10-05 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

2026-08-03

काठमाडौँ | जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ अझै सम्पर्कमा आउन सकेका छैनन् । गत आर्थिक वर्षमा मानिस बेपत्ताको निवेदन परेअनुसार ७६४ व्यक्ति बेपत्ताका थिए । बेपत्ताको खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार बेपत्ताकामध्ये ६७५ जनालाई जिल्लाका विभिन्न स्थानबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । कतिपय व्यक्ति नारायणी नदीमा हामफालेर बेपत्ता हुने र त्यहाँ हामफालेको विषय थाहा नहुँदा हराएको सूचीमा पर्ने गरेको उनले बताए । यसैगरी, घर फर्किएकाहरु कतिपयले प्रहरीमा जानकारी नगराउँदा पनि बेपत्ताकाको सङ्ख्या बढी भएको हो । सुरुमा प्रहरीमा टिपाएको नम्बर पछि परिवर्तन हुने र सम्पर्क नहुने हुँदा प्रहरीले बेपत्ताको सूचीमा राख्ने गरेको छ ।

विगत तीन आर्थिक वर्षमा बेपत्ता मानिसको सङ्ख्या बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा ४८७ जना बेपत्ता भएकामा ४७५ जना फेला परेका थिए भने १२ जनाको खोजतलास जारी छ । यस्तै, आर्थिक वर्ष २०८१/८२ मा ५५३ जना बेपत्ताका थिए । यसमध्ये ५४० जना भेटिएका थिए भने १३ जनाको खोजतलास भइरहेको उनले बताए । उनका अनुसार गत आर्थिक वर्षमा घरेलु हिंसासम्बन्धी ३८१ निवेदन परेका छन् । जसमध्ये ३०५ को मिलापत्र भएका छन् भने ७१ मुद्दा अदालतमा दर्ता भएको प्रहरी प्रमुख पौडेलले जानकारी दिनुभयो । परेका निवेदनमध्ये पाँच अझै छलफलका क्रममा छन् । आर्थिक वर्ष २०८१/८२ मा ५४२ निवेदन परेका थिए ।

यसमध्ये ४६९ निवेदन मिलापत्र भएको थियो । ७३ निवेदन मिलापत्र हुन नसकेर अदालतमा गएको दर्ता भएका थिए । आर्थिक वर्ष २०८०/८१ मा ४९० वटा घरेलु हिंसाका मुद्दा दर्ता भएका थिए । यसमध्ये ४११ मिलापत्र भएको थियो भने ७९ मुद्दा अदालतमा दर्ता भएका थिए । सोही समयमा दुई हजार ३०५ ठाडा उजुरी परेका छन् । यसमध्ये जिल्ला प्रहरी कार्यालयमा परेका एक हजार ८७८ वटा र जिल्ला प्रशसान कार्यालयबाट प्राप्त ४२७ ठाडो उजुरी प्राप्त भएको थियो । यसमध्ये दुई हजार १०८ वटा मिलापत्र गरिएको छ । फछ्र्यौट गर्न बाँकी रहेको १९७ उजुरी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ : उद्योगमन्त्री साह कांग्रेस महाधिवेशनको बन्दसत्रमा चार प्रतिवेदन पेस भुटानी शरणार्थीका सन्तानलाई विदेश जान रोक नलगाउन सर्वोच्चको आदेश यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय मन्त्रिपरिषद्को बैठक शुरू प्रधानमन्त्री बालेन्द्रको टिप्पणीप्रति विश्वप्रकाशको प्रतिक्रिया, भने– अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु शेयर बजार ओरालो, नेप्से २०.४८ अंकले घट्यो एक घण्टाको ब्रेकपछि कांग्रेस महाधिवेशनको बन्दसत्र पुनः सुरु वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दसैँअघि सञ्चालनमा ल्याउने इरानी दुई कूटनीतिज्ञलाई अमेरिकाले गर्‍यो निष्कासित राष्ट्र बैंकले ल्याउँदै ३० करोड थान नयाँ २ रुपैयाँका सिक्का विपद् र पार्टीभित्र एकताको प्रयासले महाधिवेशन कार्यतालिका प्रभावित भयो : गगन थापा कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र सुरु विपद् व्यवस्थापनमा सरकार निरन्तर खटिरहेको छ : प्रधानमन्त्री शाह लगानीको वातावरण सुधार्न प्रक्रियागत झन्झट हटाउनुपर्छ : मन्त्री गौतम सभापति गगन थापाले केन्द्रीय समितिमा पेस गरे राजनीतिक प्रस्ताव अरिङ्गालको टोकाइबाट दुई बालकको मृत्यु, दुई गम्भीर घाइते मन्त्रिपरिषद बैठक बस्दै नेपाली बजारमा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि पेसी तोकियो