स्मार्टफोन बिक्रीमा हुवावेले सामसुङलाई उछिन्यो
साउन १५, बेइजिङ । (रासस/एएफपी)। चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा स्मार्टफोन बिक्रीमा नयाँ विश्व रेकर्ड कायम गरेको छ । स्मार्टफोन बिक्रीको अनुगमन गर्ने क्यानालिसका अनुसार...