बिना मगर: संघर्ष हुँदै प्रत्यक्ष निर्वाचन जितेर संसदसम्म पुग्ने कञ्चनपुरकी पहिलो छोरी
मंसिर २५, कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा २०४० मंसिर २२ गते जन्मिएकी बिना मगरलाई जन्मजात वामपन्थी बन्ने वातावरण मिल्यो ।
राज्यसत्ताको दमन, सामाजिक विभेद र शोषणलाइ नजिकबाट देखेकी...